०१ असार २०८३, सोमबार

सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुने

मंसिर २२, २०७७
सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुने

नेपाल र चीन दुवै देशले भोली सगरमाथाको उचाई सार्वजनिक गर्ने भएका छन् । नापी विभागका अनुसार नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाई मापन गरेको हो । 

सर्वेक्षणबाट प्राप्त प्रतिवेदन भोली दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागले जनाएको छ । यसअघि एकैपटक सार्वजनिकका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ । 

सार्वजनिक कसले गर्ने भन्ने विषयमा अहिले परराष्ट्र मन्त्रालयमा छलफल चलिरहेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी लोकान्तरलाई जानकारी दिए । ‘अहिले पनि त्यही विषयमा छलफल चलिरहेको छ । परराष्ट्र मन्त्रीले गर्ने कि प्रधानमन्त्रीले गर्ने भन्ने विषयमा । निर्णय भइसकेपछि सार्वजनिक होला,’ उनले भने । 

भोली दिउँसो करिब दुई बजेरित नापी विभागमा नेपालतर्फबाट उचाई सार्वजनिक हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए ।

दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।

गत असारमा सचिवालयले रिपोर्ट तयार गरेको थियो । टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक मानिन्छ ।

 

salt training

कमेन्ट गर्नुहोस्