२९ जेठ २०८३, शुक्रबार

बिनामेकअप छुचुन्द्री देखिन्छिन् यी अभिनेत्री

मंसिर २२, २०७७
बिनामेकअप छुचुन्द्री देखिन्छिन् यी अभिनेत्री

हलिउड अभिनेत्री हेलन जर्ज बिना मेकअप बाहिर कहिल्यै निस्किँदैनन् । किनकी उनी बिना मेकअप छुचुन्द्रो जस्तो देखिन्छिन् । उनले यो कुरा आफैं बताएकी हुन् । ‘बिना मेकअप म बाहिर जानै सक्दिँन  । किनकी मेकअपबिना म छुचुन्द्रोजस्तै देखिन्छु । 

जर्जले वेबसाइट मिरर डटकमसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘म त्यस्ता युवतीभित्र पर्दैन । जो बिना मेकअप बाहिर निस्कन्छन् । यदि मैले मेकअप बन्द गरेँ भने, छुचुन्द्रोजस्तो देखिन्छु ।’ यद्यपि हेलनले सुन्दरता कायम राख्नका लागि अधिक ध्यान दिन सुरु गरेकी छन् । किनकी उनलाई आफ्नो रुपमा आउने परिवर्तनप्रति धेरै चिन्तित भएको बताएकी छन् । 

उनले भनिन्, ‘मैले सिरम र आँखामा क्रिम प्रयोग गरिरहेकी छु । अनि हरेक दुई सातामा फेसियलका लागि पनि जाने गरेकी छु । जो मसाजजस्तै हुन्छ । मलाई लाग्दैन कि यसबाट परिवर्तन आउनेछ तर, पनि म यसका लागि तयार हुन्छु ।’

उनले लामो समयसम्म छालालाई जवान बनाइराख्न चाहेको र अनुहारमा चाउरी कहिले नपर्ने विश्वास व्यक्त गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्