×
Bajaj Top
Khukuri
FONEPAY

जान्नुहोस् ताजमहल सम्बन्धी १८ आश्चर्यजनक तथ्य

काठमाडाैं | असोज १५, २०७८

NTC
TVS INSIDE

ताजमहल संसारका सात आश्चर्यमध्ये एक हो । यो प्रेमको अद्भुत निशानी हो । सुन्दरता र प्रेमको कथा बोल्ने ताजमहलका बारेमा धेरै तथ्य अझै बाहिर आएका छैनन् ।

Sanima Bank
morang Auto yamaha

आउनुस् जानौं यसको रहस्य :


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

१ मुमताजको मकबराको छतमा प्वाल
शाहजहाँले आफ्नी प्यारी पत्नी मुमताजका लागि बनाएको ताजमहलमा उनको मकबराको छतमा एउटा प्वाल छ । फेरि अर्को ताजमहल नबनोस् भनेर शाहजहाँले ताजमहल बनाउने सबै मजदुरहरूको हात काटिदिने घोषणा गरेपछि मजदुरहरूले ताजमहलमा एउटा कमी बाँकी रहोस् भनेर प्वाल छोडेका थिए । शाहजहाँले देखेको सुन्दर भवनको सपना चकनाचूर पार्न मजदुरहरूले कोशिश गरेका हुन् ।

२ बाँसको घेरा
दोस्रो विश्वयुद्ध, सन् १९७१ को भारत–पाकिस्तान युद्ध र अमेरिकामा सेप्टेम्बर ११ को हमलापछि सुरक्षाकर्मीहरूले ताजमहललाई चारैतर्फ बाँसको सुरक्षाघेरा बनाएर माथिबाट हरियो रंगको चादरले ढाकेका थिए । यसो गर्दा ताजमहल दुश्मनहरूको नजरमा नपरोस् र यसमा क्षति नपुगोस् भन्ने तिनीहरूको लक्ष्य थियोे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

३ पहिलोचोटि हेर्दा
शाहजहाँले पहिलोचोटि ताजमहल हेरेपछि भनेछन्, ‘ताजमहलले प्रेमको कथा मात्र भन्दैन । यहाँको पवित्र जमीनमा पाउ राख्ने सबैलाई यसले दोषमुक्त गरिदिन्छ र चन्द्रमा तथा तारा यसको साक्षी बस्छन् ।’

४ हात नकाटिएको
ताजमहल बनेपछि शाहजहाँले मजदुरहरूको हात काटिदिएका थिए भन्ने हल्ला चलेको थियो । तर इतिहासको अध्ययन गर्दा ताजमहलपछि बनेका अरू भवनहरूमा पनि ती मजदुरहरूले योगदान गरेका थिए । उस्ताद अहमद लाहौरी ताजमहल निर्माण दलका नेता थिए र उनले नै लालकिलाको पनि निर्माण कार्यको निरीक्षण गरेका थिए ।

५ ताजमहलका मीनार
तजमहलका मीनारहरूमाथि ध्यान दिनुभयो भने चारै मीनार एकअर्कातर्फ झुकेको देखिन्छन् । चट्याङ पर्दा र भूकम्पका बेलामा मुख्य गजुर नखसोस् भनेर यस्तो एंगल बनाइएको हो ।

६ ताजमहल बेचिँदा
बिहारका कुख्यात ठग नटवरलालले एकचोटि ताजमहललाई मन्दिर भन्दै केही सोझा मानिसलाई बेचिदिएछ । नटवरलालको यो हिम्मत देखेर उसका गाउँका मानिसले उसको नाममा मन्दिर बनाउनुपर्ने माग गरेका छन् ।

७ यमुना नभए ताजमहल हुन्थेन
ताजमहलको आधार एउटा यस्तो काठ हो जसलाई मजबुत राख्नका लागि चिसो भइराख्नुपर्छ । ताजमहल नजिक बग्ने यमुनाले आधारलाई चिसो राखिरहन्छिन् ।

८ बहुमूल्य पत्थर
ताजमहलका कलाकृतिमा २८ किसिमका बहुमूल्य पत्थर लगाइएका थिए । ती पत्थर चीन, तिब्बत र श्रीलंकाबाट ल्याइएका थिए । बेलायती साम्राज्यका बेला अंग्रेजहरूले यी पत्थर चोरेर बेलायत लगे । यस्ता पत्थर आँखै चम्काउने खालका थिए रे ।

९ कुतुबमीनारभन्दा अग्लो
कुतुबमीनारलाई भारतको सबभन्दा अग्लो भवन भानिन्छ तर यसको उँचाइ ताजमहलभन्दा सानो छ । सरकारी आँकडा अनुसार ताजमहल कुतुबमीनारभन्दा पाँच फूट अग्लो छ ।

१० ताजमहलमा खर्च
शाहजहाँले ताजमहल बनाउँदा उनको समयमा लगभग तीन करोड २० लाख रुपैयाँ खर्च गरेका थिए । अहिले बनाउनुप–यो भने यसमा एक खरब १५ अरब रुपैयाँ खर्च पर्छ ।

११ सबै पानीका फोहरा एकैचोटि
ताजमहलमा राखिएका कुनै पनि फोहरा पाइपमा जोडिएका छैनन् । हरेक फोहराको तलपट्टि एउटा तामाको ट्यांक छ । त्यो एकैचोटिमा भरिन्छ र दबाब बनेपछि एकैचोटि पानी फाल्न थाल्छ ।

१२ ताजमहल गायब
सन् २००० मा प्रसिद्ध जादूगर पीसी सरकारले दर्शकहरूको आँखामा भ्रम छरेर ताजमहल गायब गरिदिएका थिए ।

१३ दिनदिनै बाह्र हजार पर्यटक
एकैदिनमा सबैभन्दा धेरै पर्यटक पुग्ने ठाउँ भनी ताजमहललाई चिनिन्छ । संसारका कुनाकाप्चाबाट ताजमहल हेर्नका लागि दिनदिनै औसतमा १२ हजार मानिस पुग्छन् ।

१४ कालो ताजमहलको सपना
शाहजहाँले आफ्नी श्रीमतीका लागि सेतो ताजमहल बनाएपछि आफ्नो लागि कालो ताजमहल बनाउने सपना देखेका थिए । तर उनका छोरा औरंगजेबले उनलाई कैद गरेपछि उनको सपना अधूरै रह्यो ।

१५ ताजमहलसँग पहिलो सेल्फी
आजभोलि जसले पनि सेल्फी लिन्छ तर जर्ज ह्यारिसन नामक व्यक्तिले फिश आई लेन्स प्रविधि गरेर सेल्फीयुगभन्दा धेरैपहिले ताजमहलसँग सेल्फी लिएका थिए ।

१६ रंग परिवर्तन
ताजमहलको रंग दिनको प्रत्येक प्रहरसँगै बदलिन्छ । बिहान हेर्दा गुलाफी देखिने ताजमहल साँझमा दूधजस्तो सेतो र पूर्णिमाको रातमा सुनौलो देखिन्छ ।

१७ अमेरिकामा ताजमहल
विदेशी गायक हेनरी सेन्ट क्लेयरले ताजमहलप्रतिको प्रेम दर्शाउनका लागि आफ्नो स्टेज नेम नै ताजमहल राखेका छन् ।

१८ मुटुमा ताज
ताजमहल बनाउनेहरूले यसमा धेरै नै ध्यान पु–याएका थिए । त्यहाँ पुगेपछि तपाईंले ताजमहललाई आफ्नो मुटुमा राखिहाल्नुहुन्छ । एक हदसम्म तपाईं ताजमहलबाट जति पर पुग्नुहुन्छ, त्यो अझै ठूलो र भव्य देखिन्छ अनि तपाईंका यादबाट कहिल्यै हट्दैन ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे ।  महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक ...

माघ १०, २०७८

विवाहको मण्डपमै बेहुली निदाएको सुन्नुभएको छ ?  छैन भने यहाँ भिडियो पनि हेर्नसक्नुहुन्छ । विवाहको तयारी हुँदै गर्दा मण्डपमै बेहुली निदाएको यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।  बे...

माघ ११, २०७८

पैसाका लागि मानिस के के गर्न पछि पर्दैन ?  आयरल्याण्डमा एक मानिसले आफ्नो काका (अंकल)को पेन्सन लिनका लागि मृत शरीर नै लिएर पोस्ट अफिस पुगेका छन् ।  उनले अंकलको स्वास्थ्य खराब रहेको र छिटो पैसा ...

माघ ११, २०७८

साउदी अरबको मरुभूमिमा हिउँ परेपछि स्थानीय साउदीहरू खुशीले रमाएका छन् ।  खुशीले झुम्दै साउदी पुरुषहरू डब्के भनिने परम्परागत गीत र नाचका साथ हिमपातको उत्सव मनाएका हुन् ।   A group of Saudi me...

माघ ८, २०७८

जेलमा रहेका व्यक्तिले बच्चा जन्माएको कुरा पत्यार लाग्दैन । तर इजरायलीको जेलमा १५ वर्ष रहेका एक आतंककारीले आफूले ४ बच्चा जन्माएको दाबी गरेका छन् । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार प्यालेस्टाइनी आतंककारी रफत&...

माघ ७, २०७८

इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् ।  सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् ।  गोज...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...