
उदयपुरको उदयपुरगढी गाउँपालिका- ७ जोगीटोलमा स्कूल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ०८:५० बजे महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेसन बोर्डिङ स्कूलको स्टाफ बोकेको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको छ ।
गम्भीर घाइते रसिलाकुमारी चौधरी र सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ।
बस चालक महोत्तरीको गौशाला नगरपालिका- १० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।