०३ साउन २०८३, आइतबार

श्वेता खड्का भन्छिन्ः मैले सिउँदोमा सिन्दुर भरें, नयाँ योजना पनि सुनाइन्

मंसिर २२, २०७७
श्वेता खड्का भन्छिन्ः मैले सिउँदोमा सिन्दुर भरें, नयाँ योजना पनि सुनाइन्
तस्बिरः श्वेताको फेसबुकबाट

नायिका श्वेता खड्का सोमबार बैबाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बिबाहलाई जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको रुपमा ब्याख्या गर्दै यो यात्रामा सबैको आशीर्वादको खाँचो रहको बताएकी छिन् ।

‘अन्ततोगत्वा मैले सिउँदोमा सिन्दुर भरें’ भन्दै सामाजिक सञ्जालमा श्वेताले लेखेकी छिन्, ‘हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफूलाई सजाएँ ।  मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पूर्ण  इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व, शुभचिन्तक लगायत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको शुभेक्षा र  आशीर्वादको खाँचो छ ।’

आफूले सुरु गरेको जिन्दगीको यो अर्को  अध्यायमा अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेपाली सिने जगतलाई  शिरको सिन्दुर जस्तै अझै उच्च  स्थानमा पुर्‍याउनु रहेको पनि उल्लेख गरेकी छिन् ।
यस्तै निर्माणाधीन माझिटोललाई आज सजिएको  बिहेको मण्डप जस्तै र  थालेका व्यवसायहरुलाई हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु र अझ धेरै गर्न बाँकी रहेको उनको भनाइ छ ।

 ‘थाती रहेका मेरा कार्यहरुमा  थप उत्साह र उमंग बोकेर लागिपर्नेछु । म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु’, उनले आगामी योजना सुनाउँदै भनेकी छिन्, ‘आगामी दिनमा एकल महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ ।  त्यसलाई साकार बनाउन म लागिपर्नेछु । अतः मलाई तपाईहरु सम्पूर्णको साथ , सल्लाह, सुझावका साथै शुभ आशीर्वादको आवश्यकता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सद्भाव र साथ पाउने आशा बोकेकी छु ।’
पहिलो श्रीमान श्रीकृष्ण श्रेष्ठको दुःखद निधन भएपछि एक्लै रहेकी उनले सोमबार धनगढीका विजयेन्द्र सिंह रावतसँग बिबाह गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्