२४ जेठ २०८३, आइतबार

नेपाली बजारमा उत्रियो 'जावा क्लासिक' र 'फोर्टी टु' मोटरसाइकल

मंसिर २३, २०७७
नेपाली बजारमा उत्रियो 'जावा क्लासिक' र 'फोर्टी टु' मोटरसाइकल

मोटरसाइकल पारखीका लागि बजारमा २ मोडलका जावा मोटरसाइकल आएका छन् । विषेश गरेर क्लासिक लुक्स मन पराउनेहरूलाई नेपाली बजारमा जावाका २ वटा मोडल ‘जावा क्लासिक’ र ‘जावा फोर्टी टु’ आएका छन् ।

चेक गणतन्त्रमा १९ को दशकमा शुरुआत भएको यो मोटरसाइकल नेपालमा पहिला आएतापनि पछि फेरि २ महिनादेखि नेपाली सडकमा आफ्नो छाप छाड्नका लागि उत्रिएको छ ।

अग्नि मोटो इंकले काठमाडौं उपत्यकाको उत्तरढोका र टेकुमा शोरूम राखेको छ भने काठमाडौं उपत्यकाबाहिर पोखरा, बुटवल, भैरहवा, चितवन, धरान, लाहान, बिर्तामोड, इटहरीमा आफ्नो बाइकको स्वरूम र सर्भिस सेन्टरहरू राखेको छ ।

डबल एक्जस भएका यी बाइक २ सय ९३ सीसी क्षमताको इञ्जिन छ । २७ ब्रेक हर्ज पावर अर्थात् बीएचपी  (अधिकतम क्षमता) र २८ एनएम (अधिकतम ट्रक) भएका यी मोटरसाइकलमा इलेक्ट्रोनिक फ्यूल इन्जेक्ट सिस्टम छ, जसले गर्दा अधिकतम माइलेज दिन्छ । ६ गेयर भएका यी बाइकले ३२ देखि ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीले जनाएको छ ।

एफआई प्रविधि जडान भएकाले अरू बाइकजस्तो जाडोको समयमा स्टार्ट हुन समस्या नहुने कम्पनीले जनाएको छ ।

अन्य बाइकमा भन्दा यसमा ‘रेडियटर’ सिस्टम हुँदा लामो दूरीमा जाँदा बाइक तात्ने समस्या हुँदैन जसका लागि बाइकको अगाडिको भागमा इञ्जिन चिसो बनाउने प्रविधिको जडान गरिएको छ ।

क्लासिक बाइक मन पराउनेहरूका लागि यसमा २ वटा साइलेन्सर पाइप जडान गरिएको छ । भने चोरीबाट बचाउन विषेश रूपमा ह्यान्डिलको तल डबल लकको व्यवस्था छ ।

टेलीस्कोपिक हाइड्रोलिक फर्क प्रविधिको फ्रन्ट सस्पेन्सनले गर्दा अगाडिबाट हुने लचकतालाई बढाउँछ भने ग्यास क्यानिस्टर टुइन शक प्रविधिले रियर सस्पेन्सनले गर्दा बाइकमा बस्ने वा चलाउनेलाई सडकमा हुने घच्क्याघुचुकले कुनै पनि असर गर्दैन ।

यी दुवै बाइकमा डच प्रविधिले इञ्जिनको क्षमतालाई स्मुथ बनाउने कम्पनीले जनाएको छ ।

यी दुवै बाइक लामो दूरीमा यात्रा गर्नका लागि आरामदायी छन् । लचकता, इञ्जिन चिस्याउने प्रविधि र माइलेजले यसलाई झन् आकर्षक बनाएको छ ।

हेर्नुहोस् भिडियो - 

जावा क्लासिक

आकर्षक लुक्समा रहेको जावा क्लासिक सडकमा कुदाउँदा प्रायः सबै ध्यान खिच्ने खालको छ । सिंगल एभिएस सिस्टम र डबल एभिएस सिस्टममा रहेको यो बाइक नेपाली बजारमा मरुन, कालो र खैरो (अलअलि सेतो) रङमा उपलब्ध छ ।

डबल एभीएसमा २८० एमएम डिस्क ब्रेकसँग एभीएस र १५३ एमएम डबल च्यानल एभीएस प्रविधिको डिस्क ब्रेक छ जसले गर्दा आफूले चाहेको ठाउँमा सजिलै रोक्न सकिन्छ ।

१७० केजी भएको क्लासिक बाइकमा १३ लिटर तेल अटाउने क्षमता छ । ७६५ एमएम उचाइमा सिट छ जसले गर्दा होचो मानिसलाई पनि चलाउन सजिलो हुने कम्पनीले जनाएको छ ।

पूर्ण मेटल बडी रहेको मोटरसाइकलको अघिल्लो भागमा टेलिस्कोपिक हाइड्रोलिक फोर्क सस्पेन्सन दिइएको छ भने पछाडि ग्यास क्यानिस्टर ट्विन शक हाइड्रोलिक सस्पेन्सन छ ।

यसमा लिक्विड कुल्ड इञ्जिन छ । यो सिंगल सिलिन्डर इन्जिन हो जसले २९३ सीसीको डिस्प्लेसमेन्ट  उपलब्ध गराउँछ । इञ्जिनको एक्जहस्ट भने दुईवटा छ जसले बाइकको लुक्सलाई बढोत्तरी दिने कम्पनीले दाबी गरेको छ ।

जावा क्लासिक सिंगल एभीएसमा यसको नेपाली बजार मूल्य ६ लाख ४८ हजार ५ सय छ भने डबल एभीएसमा ६ लाख ७६ हजार ५ सय रुपैयाँ भएको कम्पनीले जनाएको छ ।

जावा फोर्टी टु

आकर्षक रंगहरूमा उपलब्ध जावा फोर्टी टु बाइक ६ वटा रंगमा उपलब्ध छन् ।

रातो, निलो, निबुवा, निलो, हरियो र लुमस लाइम रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१७० केजीको बाइकमा १३ लिटर तेल अटाउने क्षमता छ भने ३२ देखि ३५ किलोमिटर प्रतिलिटर क्षमता भएको कम्पनीको दाबी छ ।

डबल एभीएस र सिंगल एभीएसमा उपलब्ध यो मोडल पनि २९३ सीसीको इञ्जिन क्षमता छ ।

यो मोडलमा पनि २८० एमएम डिस्क ब्रेकसँग एभीएस र १५३ एमएम डबल च्यानल एभीएस प्रविधिको डिस्क ब्रेक छ जसले गर्दा आफूले चाहेको ठाउँमा सजिलै रोक्न सकिने कम्पनीले दाबी गरेको छ ।

जावा फोर्टी टु सिंगल एभीएसको बजार मूल्य ६ लाख २० हजार तोकिएको छ भने डबल एभीएसको बजार मूल्य ६ लाख ४८ हजार तोकिएको कम्पनीले जनाएको छ ।

तस्वीरमा हेर्नुहोस् - 

salt training

कमेन्ट गर्नुहोस्