
टेलिभिजन अभिनेत्री दिव्या भटनागरका पतिलाई दिव्याकी साथी देवोलीनाले कुटपिटको आरोप लगाएकी छन् । कोरोना संक्रमणका कारण केही समयअघि मृत्यु भए पनि त्यसअघि दैनिक उनका पतिले कुटपिट गर्ने गरेको देवोलीनाले आरोप लगाएकी हुने । उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दिव्याको जीवन कोरोना भन्दा पनि भयानक तरिकाले बितिरहेको बताएकी छन् ।
देवोलीना र दिव्या निकै मिल्ने साथी थिए । देवोलीनाले सामाजिक सञ्जालमा दिव्याको लागि केही भिडियो पोस्ट गरेकी छिन् । भिडियोमा दिव्यालाई सम्झिँदै निकिै रोकी पनि छन् । साथै दिव्याका पति गगन गबरुबारे पनि बोलेकी छन् ।
भिडियोमा देवोलीना भन्दैछिन्, ‘यो भिडियो मेरी बहीनी, परिवार तथा साथी दिव्या भटनाकरका लागि बनाउँदैछु । मेरी प्यारी अब मलाई छाडेर गइसकेकी छिन् । भर्खर त उनले जीन्दगी जिउन शुरु गरेकी थिइन् । कसैको जालमा नफस्ने, आफैं सम्हालिने, मजबुत हुने कोशिस गरिरहेकी थिइन् । तर, मलाई लाग्छ भगवानले नै उसको दुःख देख्न सकेनन् ।’
उनले अघि भनेकी छन्, ‘९÷१० वर्षमा मैले कहिले पनि कसैसँग गलत व्यवहार गरेको देखेकी छैन । तर, मानिसहरुले उसलाई नै दुःख दिए, उसलाई प्रयोग गरे । खासगरी सम्बन्धका मामलामा ।’
देवालीनाले सबै छोरीमान्छेले गल्ती गर्ने तर कसैले धेरै र थोरैको कुरा मात्र भएको बताएकी छन् । उनले भनेकी छन्, ‘सबै छोरी मान्छेले गल्ती गर्छन्, कोही धेर त कोही थोरैको कुरा मात्र हो । यस्तोमा कतैबाट सहारा मिल्यो भने, छोरी मान्छे बिना सोँचविचार त्यसैलाई आफ्नो सहारा मान्छिन् । बिना उसको ब्याग्राउण्ड जानेरै । दिव्या त एकदम सोझी थिइन् । मैले उसलाई सम्झाउँथे । उनी एकदम भावुक पनि थिइन् ।’
उनले जसका कारण दिव्याले अनेक दुःख कष्ट सहनुप¥यो त्यसका बारेमा दुनियाँले जान्न आवश्यक रहेको पनि बताएकी छन् ।
‘मलाई थाहा छ कि आज कोरोनाका कारण उनको मृत्यु भयो, तर, जो शारीरिक र मानसिक हिंसा उसको साथमा भयो, यदि कुनै पनि व्यक्ति त्यस्तो अवस्थाबाट गुज्रिनुपर्यो भने, सानो बिरामीसँग लड्ने क्षमता पनि रहँदैन,’ आक्रोश पोख्दै उनले भनेकी छन्, ‘खासरी गगल गबरु त्यसदिन तिमीले दिव्याकी आमा र भाई तिम्रो विरुद्ध छन् भन्दै पोस्ट गरेका थियौं । तिम्रो नाममा प्रचारप्रसार भइरहेको थियो । तिम्रो औकात के हो ? आज चारपाँच कलाकारलाई चिन्नुहुन्छ भने पनि त्यो दिव्याकै कारण हो ।’
उनले वर्षौंदेखि दिव्यामाथि हिंसा गरेको र त्यही कारण मानसिक र शारीरिक रुपमा कमजोर बन्दै गएको आरोप लगाएकी छन् ।
उनले दिव्या नरहेपछि प्रेमिकासँग मस्ती गर्दै हिड्छु भन्ने गबरुको त्यो सपना कदापी पूरा हुन नदिने बताएकी छन् । ‘यसको बारेमा अहिले नै बताइएन भने, अगाडि कतिको जीन्दगी बर्बाद गर्नेछ भन्ने सकिँदैन । क्रिपया योसँग जोडिएका जति पनि प्रेमिका छन्, ती सबै सचेत हुनुहोस् । बिहेपछि दिव्यालाई दैनिक कुटपिट गर्दथ्यो । मसँग सबै प्रमाण छ, आवश्यक परे सार्वजनिक गर्नेछु,’ भिडियोको अन्तिमा उनले भनेकी छन् ।