०१ साउन २०८३, शुक्रबार

सेलेना गोमजका लागि खास रह्यो यो वर्ष, नयाँ प्रेमी पनि भेटिन्

मंसिर २४, २०७७
सेलेना गोमजका लागि खास रह्यो यो वर्ष, नयाँ प्रेमी पनि भेटिन्

चर्चित अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजका लागि सन् २०२० खास रह्यो । हालै रिजिल नयाँ एल्बम ‘रेअ’ को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्युटी’ सार्वजनिक गरेकी छिन् ।
अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटनका अनुसार सेलेनाले लकडाउनको बीचमा एचबीओ च्यानलमा आफ्नै ‘कुकिङ सो’ पनि सुरु गरेकी छिन् । यसबाहेक उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको खबर छ । हाल सेलेनाको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ ।

सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन् । अहिले सेलेना र जिम्मी एकसाथ समय बिताइरहेका छन् । अहिले जिम्मीसँगको सम्बन्धपछि उनका फ्यानहरु उत्साहित छन् ।
–अन्नपूर्ण पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्