२५ जेठ २०८३, सोमबार

चंगासँगै उडेका बालकको सन्तुलन गुमेपछि ... भिडियो

मंसिर २३, २०७७
चंगासँगै उडेका बालकको सन्तुलन गुमेपछि ... भिडियो

इन्डोनेशियामा एक चंगासँगै उड्न खाजेका एक बच्चा आफ्नो पागलपनका कारण घाइते भएका छन् । धन्न मृत्युको मुखमा पुगेनन् ।

१२ वर्षीय बालले आफ्नो साइजभन्दा तीन गुणा बढी ड्रेगन चंगाको सहाराले हावामा उड्ने कोशिस गरेका थिए । 

चंगासँग झुण्डिदै केही उचाइसम्म त उडेका थिए थिए । तर, अकस्मात सन्तुलन बिग्रेपनि ३० फिटमाथिबाट उनी भुइँमा पछारिएका छन् । हाल यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यो घटना अघिल्लो महिनामै भएको थियो । तर, अहिले भिडियो भाइरल बनिरहेको छ । भुइँमा पछारिएका बालकको शरीरको ६ ठाउँमा फ्याक्चर भएको चिकित्सकले बताएका छन् । 

यसअघि ताइवानमा पनि तीन वर्षकी एक बच्चले चंगा फेस्टिबलमा यस्तै चंगासँगै उड्ने क्रममा घाइते भएकी थिइन् । 

 

salt training

कमेन्ट गर्नुहोस्