
लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोसिका पन्त अहिले १९ बर्षमा पाइला चालेकी छिन् ।
परितोसिकालाई देख्दा जो कसैलाई पनि के लाग्छ भने, उनले धेरै म्युजिक भिडियो र चलचित्रमा काम गरिसकेकी छिन् । तर, कुरो त्यस्तो होइन ।
उनले भर्खरै आफ्नै आमाको गीतबाट अभिनयमा डेब्यु गरेकी हुन् । यसअघि कुनैपनि गीतमा उनले काम गरेकी छैनन् ।
उनकी आमा अन्जु पन्तका गीतबाट अभिनय गरेर धेरैले करिअर बनाए । अहिले नेपालका अधिकांश हिरो–हिरोइनहरुले उनका गीतमा काम गरेर कलाकारितामा स्थापित भएका छन् ।
अब परितोसिकाको पालो आएको छ ।
परितोसिका भन्छिन्, ‘भर्खरै मात्रै अभिनय यात्रा थालेकी छु । अब विस्तारै काम गर्दैै जाने योजना छ ।’
परितोसिकाले राम्रो स्क्रिप्ट पाएको खण्डमा चलचित्रमा काम गर्ने, नत्र गीतमा मात्रै काम गर्ने सोच गराएकी छिन् ।
उनी भन्छिन्, ‘यसअघि पनि विभिन्न प्रोजेक्टबाट कुराकानी आइरहेको हुन्थ्यो । तर, कुनै चलचित्रमा काम गरिनँ । अब भविष्यमा स्टोरी राम्रो पाएँ भने गर्छु ।’
अन्जुले पनि छोरीले विस्तारै अभिनयमा राम्रो गरोस् भन्ने चाहना राखेकी छिन् ।
अन्जु भन्छिन्, ‘यसअघि धेरै चलचित्रबाट अफर आयो । म्युजिक भिडियोबाट अफर आएको थियो । अब आउने राम्रा गीत र चलचित्रका स्क्रिप्टमा भने काम गर्ने छोरीले सोचेकी छ, मैले पनि त्यस्तै सोचेकी छु ।’
आफ्नै गीतबाट छोरीको अभिनय सुरु भएकोमा अन्जु खुसी छिन् । डिभोर्सपश्चात अन्जु सिंगल जिवन बाचिरहेकी छिन् ।
उनी प्रेममा रहेको समेत सुनिएको छैन । अन्जु छोरीलाई एकदमै धेरै माया गर्छिन्, छोरीले पनि आमाको असाध्यै ध्यान राख्छिन् ।
अन्जु अन्तिममा थप्छिन्, ‘म दुःखी हुँदा छोरीलेनै थाहा पाएकी हुन्छ । मेरो नजिकको बेष्ट फ्रेण्ड भनेकै छोरी हो ।’
छोरीले भविष्यमा अध्ययनसँगै कलाकारितामा पनि भविष्य बनाउने सोच रहेको अन्जुको भनाई छ ।