१८ असार २०८३, बिहीबार

नाकको डण्डीफोर निचोर्दा अनुहार भयो यस्तो (भिडियो)

मंसिर १७, २०७७
नाकको डण्डीफोर निचोर्दा अनुहार भयो यस्तो (भिडियो)

फिलिपिन्सकी किशोरी मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोरेपछि अनुहार सुन्निएर बेलून जस्तो भएको छ । 

नाकको छेउमा आएको डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले बताइन् । 

उनको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । 

पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । 

अति भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो । 

उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका पति अल्बर्ट सालेस छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । 

उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्