
पछिल्लो एक वर्षदेखि सूर्य आफ्नो नयाँ सौर्य चक्रमा छ । यो सौर्य चक्र २५ औं हो । जो पछिल्लो २४ औं चक्रजस्तै सूर्यलाई काफी शान्त राख्नेवाला छ ।
हालै सूर्यको सतहमा अचानक विष्फोट भएको छ । जसमा सौर्य ज्वाला निक्लिएको छ । यो एक चमकदार इलेक्ट्रोम्याग्निेटिक ऊर्जा प्रप्फोट एम श्रेणीको विष्फोट नापिएको छ । पछिल्लो तीन वर्षयताकै यो सबैभन्दा शक्तिशाली विष्फोट भएको मानिएको छ ।
पछिल्लो महिनाको अन्तमा भएको यो विष्फोटमा निक्लिएको ज्वालालाई खगोलविदले एम४.४ मापन गरेका छन् । सौर्य तुफान मापनका लागि खगोलविदले तीन श्रेणीमा विभाजन गरेका छन् ।
एम श्रेणीको तुफान मध्यम आकारको विष्फोटलाई जनाउँछ । सी श्रेणीको सानो तुफान र एक्स श्रेणीलाई ठूलो तुफानका रुपमा मापन गरिन्छ ।

वर्तमान विष्फोटको कुरा गर्दा यो एम ४.४ ज्वालाको साथ सूर्यको कोरोना उत्सर्जन पनि भएको थियो । यो कोरोना उत्सर्जन प्राय सूर्यको बाहिरी परतलाई भनिन्छ । यसबाट निक्लिने ज्वालाको साथमा विशाल प्लाज्मा र म्याग्नेटिक फिल्डमा पनि ठूलो प्रभाव पर्दछ ।
सौर्य चक्रको शुरुवात
सौर्य ज्वालाबाट नयाँ सौर्य चक्रको शुरुवात हुन्छ । जो पछिल्लो वर्ष डिसेम्बरबाट शुरु भएको थियो । तर, पछिल्लो साता सौर्य ज्वालाका साग सौर्य गतिविधिको पनि नयाँ चरण शुरु भएको छ । जबकी यसअघिको सौर्य चक्र सन् २००८ देखि २०१९ सम्म चलेको थियो । हालको सौर्य चक्र पछिल्ला चक्रभन्दा कैयौं गुणा शान्त हुने वैज्ञानिकहरुले दाबी गरेका छन् ।
पृथ्वीमा असर
हरेक ११ वर्षको सौर्य चक्रको दृश्यमाथि वैज्ञानिकहरुले निरानी राखिरहेका छन् । यो सूर्यमाथिको निगरानीमात्र नभई पृथ्वीमा पर्ने असरबारे आँकलन गर्नु पनि हो ।
सूर्यको सतहमा हुने घटनाबाट हानिकारिक इलेक्ट्रोम्याग्नेटिक विकिरण निस्किन्छन् । अचानक निक्लिने ऊर्जा विकिरण तिव्र हुन्छन् । जसकारण रेडियो ब्ल्याकआउट र प्रविधिमा नोक्सान पुग्नसक्छ । एजेन्सी