×

NMB BANK
NIC ASIA

सत्ताधारीको किचलो

नेकपा विवाद : केन्द्रमा सहमतिको प्रयास, तल्लो तहमा विभाजनको बाछिटा !

मंसिर २६, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको संकट समाधानका निम्ति केन्द्रमा प्रयास जारी रहेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीइतर पक्षले पार्टीभित्र देखिएको संकट तल्लो तहमा लगेर ओलीलाई दबाब दिने रणनीति बनाएको छ ।

Muktinath Bank

ओलीविरुद्ध समीकरण बनाएका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको टीमले सचिवालयमा पेश भएको प्रचण्डको दस्तावेज कुनै हालतमा फिर्ता नहुने बरू छलफल गरेर उचित निर्णय लिइने चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही आलोकमा प्रचण्ड-नेपाल पक्षले प्रदेश र जिल्लास्तरीय भेला तीव्र बनाउँदै लगेको छ । केन्द्रमा ओलीसँग अन्तरविरोध बढेपछि प्रचण्ड-नेपाल पक्षले पार्टी फुट्ने हालतमा पनि तयारी रहनु भन्दै तल्लो तहसम्म गोप्य भेला र प्रशिक्षण दिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रचण्ड-नेपालपक्षीय भेलाको शिलशिला  

Vianet communication

बिहीवार प्रचण्ड-नेपाल पक्षले वागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेको थियो । गोप्य भनिएको उक्त भेलाको समाचार शुक्रवार मात्र बाहिरिएको थियो । भेलामा वाग्मती प्रदेशका १४ जिल्लाका इञ्चार्ज, सह-इञ्चार्जहरू, अध्यक्ष र सचिवहरू सामेल भएका थिए ।

भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सम्बोधन गरेका थिए । अध्यक्ष प्रचण्डले ओलीले पार्टी फुटाउन हरसम्भव प्रयास गरिरहेको भन्दै आलोचना गरेका थिए । 'उहाँ(ओली)ले पार्टी विभाजनका लागि सबै तयारी पूरा गरिसक्नुभएको छ, हामी चाहिँ पार्टी सग्लो रहोस् भनेर प्रयास गरिरहेका छौं,' प्रचण्डको भनाइ उदृत गर्दै वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले लोकान्तरसँग भने, 'हामीले चाहेर मात्र पनि पार्टी एक रहँदैन । तपाईंहरूले आफ्नो हिसाबले पार्टी एक रहन दबाब सिर्जना गर्नुहोस् ।'

सम्बोधनका क्रममा प्रचण्डले अहिलेको विवाद समाजवादतर्फ जाने कि नवउदारवादी पूँजीवादलाई अँगालो हाल्ने भन्नेमा केन्द्रित रहेको बताए । 

'अपमान सहेर भएपनि हामी पार्टी एकताकै पक्षमा जुटिरहेका छौं,' प्रचण्डले भने । 

भेलामा सम्बोधन गरेका वरिष्ठ नेता नेपालले सचिवालय हुँदै स्थायी कमिटीसम्म पुगेको प्रतिवेदन कुनै हालतमा फिर्ता नहुने अडान लिएका थिए । 

'प्रचण्डले पेश गरेको दस्तावेजलाई आरोपपत्र भनेर आलोचना गर्ने गरिएको छ,' नेता नेपालले सम्बोधन गर्दै भने, 'त्यो हामी सबैको साझा प्रस्ताव हो । त्यो तल्लो तहसम्म बहसमा जान्छ । त्यसको छिनोफानो पार्टी कमिटीले गर्छ ।'

प्रचण्ड-नेपाल पक्षले गरेको भेला यो पहिलोपल्ट होइन । यसअघि मंसिर २० गते काठमाडौँ क्षेत्र नम्बर ३ मा प्रचण्ड-नेपाल पक्षको अगुवा कार्यकर्ताको भेला भएको थियो । भेलामा वागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष दाहाल लगायतका नेताहरूको सहभागिता थियो । 

त्यसअघि मङ्सिर १९ गते काठमाडौंस्थित थापाथली क्याम्पसमा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरूले भेला आयोजना गरेका थिए । भेलामा शाक्य, पम्फा भुसाल, रामकुमारी झाँक्री र लेखनाथ न्यौपाने लगायतका नेताहरूको सहभागिता थियो । 

रोकिने छाँटकाँट छैन भेला !

प्रचण्ड-नेपाल पक्ष यत्तिकैमा रोकिने संकेत देखिएको छैन । 'प्रधानमन्त्री ओलीले पनि विभिन्न ठाउँहरूमा फाउन्डेसनका नाममा भेला गरेर गुटगत गतिविधि गरिरहनुभएको छ,' नेतृ शाक्यले लोकान्तरसँग भनिन्, 'हामीले केही समय त हेरौं, पार्टी एकता जोगिन्छ भने चुप बसौं भनेका थियौं । तर त्यसो भएन । हामी पनि जरैसम्म पुगेर पार्टीभित्र देखिएको अन्तरविरोधको चीरफार गर्नुपर्ने देखिएको छ । अब यस्ता भेलाहरू निरन्तर आयोजना हुन्छन् ।'

आउँदो आइतवार नेकपाको स्थायी कमिटी बैठक बस्ने कार्यसूची रहेको छ । त्यसअघि शीर्ष तहमा सहमतिको प्रयासहरू भइरहेका छन् । तर पार्टी कमिटीलाई बेवास्ता गर्न खोजेको भन्दै प्रचण्ड-नेपाल पक्षले ओलीसँग सहमति गर्ने कुनै इच्छा देखाएको छैन । 

प्रचण्ड-नेपाल पक्ष यतिबेला 'वारपार'को लडाईं गर्ने मनस्थितिमा देखिन्छ । 

'स्थायी कमिटी बैठकपछि पनि हामीले निरन्तर भेलाहरू आयोजना गर्ने कार्यक्रम बनाएका छौं,' नेकपाका वागमती प्रदेशका एक सदस्यले लोकान्तरसँग भने, 'शीर्ष नेताहरूले तपाईंहरू संगठित र एकजुट भएर ओली प्रवृत्तिको भण्डाफोर गर्न लाग्नुहोस् भनेर निर्देशन दिनुभएको छ । पुसलगत्तै पहिला प्रदेश २ र अन्य प्रदेशहरूमा पनि कार्यक्रमहरू हुनेछन् ।'

उता ओली पक्षले पनि मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी कार्यक्रम र भेला गर्दै आएको छ ।

केन्द्रमा नेताहरूको दौडधूप !

नेकपा संसदीय दलका उपनेतासमेत रहेका ओलीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको प्रयास भइरहेको बताए ।

'प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुई अध्यक्षबीच संवाद र कुराकानी भइरहेको छ,' नेम्वाङले भने, 'कतिपय अवस्थामा हामीले पनि संवादको मध्यस्थता गरिरहेका छौं । यसअघि देखिएको संवादहीनता तोडिएको स्थिति छ । परिस्थिति सकारात्मक दिशातर्फ जाने सम्भावना देखिन्छ ।'

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका अर्का स्थायी कमिटी सदस्य विष्णु रिमालले केही दिनअघि लोकान्तरसँगको कुराकानीमा भनेका थिए, '२८ गते बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति हुने सम्भावना बढेको छ, गत भदौ २६ गते गरिएको निर्णयकै आधारमा पार्टी अघि बढ्छ ।'

ओली पक्षले गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयलाई बटमलाइन मानेको छ । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा अनुपस्थित ओलीले पत्र पठाउँदै लेखेका थिए, 'स्थायी कमिटीबाट विवेकसम्मत निर्णय हुनेमा म विश्वस्त छु ।'

बुधवार अध्यक्षद्वय प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटघाटसमेत भएको थियो । ओली र प्रचण्डबीचको भेटघाटमा पनि ठोस निर्णय हुन सकेन । बरू ओलीले नेता नेपालसँगको गठबन्धन तोडेर आफूसँग मिल्न आउने प्रस्ताव राखे । प्रचण्डले त्यसो हुँदैन भनेर जवाफ दिए । 

ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि विवाद झनै उत्कर्षमा 

प्रधानमन्त्री ओलीले मङ्सिर २८ का लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । त्यही दिन नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । 

प्रवक्ता श्रेष्ठ भन्छन् – 'सल्लाह र छलफल नगरीकन ओली कमरेडले एकतर्फी रूपमा संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । संवैधानिक निकायमा नियुक्तिहरूका लागि उहाँले पार्टीसँग छलफल गर्नुपर्ने हो, तर त्यो देखिएन । उहाँ एकलौटी ढंगले अघि बढिरहनुभएको छ, जुन सही होइन ।'

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुने प्रावधान छ भने प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ । अहिले संसद् उपसभामुखविहीन छ । 

पार्टीको सल्लाह र छलफलविना ओलीले संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै प्रचण्ड-नेपाल पक्ष थप रुष्ट बनेको छ । यही विषयमा छलफल गर्न शुक्रवार प्रचण्डनिवास खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठबीच भेटघाट भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x