
नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको आज निधन भएको छ । उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।
लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने सरल र शालिन व्यक्तित्व श्रेष्ठको निधनप्रति काँग्रेस केन्द्रीय कार्यालयले दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।