११ असार २०८३, बिहीबार

आफ्नो सन्तानलाई सिंहले आक्रमण गरेपछि आमा जिराफले दिइन् लात (भिडियो)

मंसिर २७, २०७७
आफ्नो सन्तानलाई सिंहले आक्रमण गरेपछि आमा जिराफले दिइन् लात (भिडियो)

केन्याको मासई मारामा आमा जिराफले सन्तानलाई भोकी सिंहिनीबाट जोगाउनका लागि लात हानेकी छन् । तर दुर्भाग्यवश उनको लात गलत ठाउँमा परेर आफ्नै सन्तानलाई लागेर त्यो मरेको छ । 

यस भयानक आक्रमणमा आत्तिएकी आमा जिराफले सिंहिनीलाई लात हानेकी थिइन् तर राम्ररी आँखा नदेखेपछि आफ्नै सन्तानलाई हिर्काउन पुगिन् । 

उनको प्रहार खतरनाक थियो र भखैरै जन्मेको सन्तान बाँच्ने सम्भावना छैन भन्ने थाहा पाएकी सिंहिनीले अलि टाढा गएर बच्चो जिराफ मरेको कुरिरही । 

सन्तान मर्न लागेपछि चिन्तित जिराफले उसलाई जीवित बनाउन कोशिश गर्दै घुमीघुमी हेरेकी थिइन् । 

यो हृदयविदारक घटनाको भिडियो दक्षिण अफ्रिकाका वन्यजन्तु फोटोग्राफर माइक डेक्सटरले खिचेका हुन् । 

उनले घन्टौं लगाएर यो भिडियो खिचेका हुन् । 

सफारी गाइड पनि रहेका यी प्रसिद्ध फोटोग्राफरलाई यो घटनाले निकै पीडा दिएको थियो । /

भिडियो हेर्न यहाँ क्लिकगर्नुहोला 

salt training

कमेन्ट गर्नुहोस्