
काठमाडौं, १९ मंसिर — चलचित्रमा अन्तरंग क्षणहरू देखाउनका लागि कलाकारहरूले कस्तो तयारी गर्छन् ? उनीहरूले आफूमाथि कसरी काबु राख्लान् ? यो जिज्ञासा दर्शकमा उठ्नु स्वाभाविक हो । हालै प्रश्नोत्तर वेबसाइट क्वोरामा यस विषयमा रमाइलो छलफल चलेको थियो ।

यस विषयमा मानिसहरूले आआफ्ना धारणा राखेका थिए । फिल्मको सेटमा भीडभाड हुने भएकाले कलाकारहरूले नियन्त्रण गुमाउन पाउँदैनन् भन्ने धेरैको मत रह्यो ।
यस सम्बन्धमा कलाकारहरूले दिएको बयानबाट पनि कतिपय कुरा थाहा लाग्छ । यी कलाकारहरूले फिल्ममा सेक्स सिन दिएका छन् । भनेसा हुड्गेन्सले स्प्रिङ ब्रेकर्स नामक फिल्ममा सेक्स सिन दिएकी थिइन् । उनी भन्छिन्, ‘सेक्स सिन दिँदा मलाई टाउको दुखेर आयो । म अब जिन्दगीमा यस्तो सिन दिन्नँ ।’
जर्मनीका कलाकार माइकल फासबेन्डरका अनुसार सेक्स सिन घिनलाग्दा हुन सक्छन् । यस्तो बेलामा हिरोइनबाट फाइदा उठाउन हुँदैन । यसमा अनेकौं टेक लिनु हुँदैन ।’
अमेरिकी अभिनेत्री लिजी क्यापलनले मास्टर अफ सेक्स नामक फिल्ममा सेक्स सिन दिएकी थिइन् । उनी भन्छिन्, ‘यो सिन गर्दा म एकदम नर्भस थिएँ । त्यसैले मैले टन्न रक्सी पिएँ अनि सिन शूट गरें । बेहोशीको हालतमा म चिच्याउन पनि थालेकी थिएँ । एकदमै डरलाग्दो स्थिति थियो ।’
पर्दामा कलाकारहरूले सेक्स गर्नु वास्तवमै गाह्रो कुरा रहेछ ।
दैनिक भास्कर