०८ साउन २०८३, शुक्रबार

सुस्त जीवनयापनले आकस्मिक मृत्यु ल्याउने सम्भावना दुई गुणा बढी

मंसिर २७, २०७७
सुस्त जीवनयापनले आकस्मिक मृत्यु ल्याउने सम्भावना दुई गुणा बढी

सुस्त जीवनशैली अपनाउने मानिसमा अकस्मात मृत्युको खतरा रहेको अध्ययनले बताएको छ । एक नयाँ अध्ययनका अनुसार, २० वर्षसम्म सुस्त जीवनशैली अपनाउने मानिसमा स्वस्थ जीवनयापन गर्नेको तुलनामा अकस्मात मृत्युको खतरा दुई गुणा बढि हुने देखिएको छ ।

नर्वे विश्वविद्यालयमा प्रोफेसर तथा अध्ययनकर्ता ट्राइन मोहोल्डटले आफुहरुको अध्ययनले सुस्त जीवनयापन गर्ने मानिसहरुको जीवनमा मृत्युको बढि खतरा हुने बताएका छन् । उनका अनुसार, हृदय रोग तथा अकस्मात मृत्युबाट बच्नका लागि शारिरिक रुपमा सधैं सक्रिर रहन आवश्यक छ । 

यस अध्ययनमा पछिल्लो २२ वर्षमा सबैभन्दा बढि समय शारिरिक गतिविधिमा आएको परिवर्तन र हृदय रोग तथा मृत्युबीचको सम्बन्धबारे खोज गरिएको थियो ।

‘द हन्ट’ अध्ययनका लागि नर्वेका २० वर्षमाथि उमेर समुहका मानिसलाई १९८४–१९८६, १९९५–१९९७ र २००६–२००८ समयमा सहभागी गराइएको थियो । यी तीन समयमा अनुसन्धानकर्ताहरुले मानिसको शारिरिक गतिविधिको अवधीबारे अध्ययन गरेका थिए । यो अध्ययनमा पहिलो र तेस्रो सर्वेमा पाइएको आँकडा प्रयोग गरिएको हो । 

अध्ययनका अनुसार १९८४–८६ र २००६–२००८ दुई समुहका मानिसहरुले कुनै पनि शारिरिक अभ्यास गरेका थिएनन् । उनीहरुमा हृदय रोगबाट मृत्युको जोखिम २.७ गुना र अन्य कारणबाट मृत्युको जोखिम दुई गुणा बढि देखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्