०२ साउन २०८३, शनिबार

केजीएफ–२ पूरा गर्ने तयारी, सञ्जयको एक्सन दमदार

मंसिर २७, २०७७
केजीएफ–२ पूरा गर्ने तयारी, सञ्जयको एक्सन दमदार


सञ्जय दत्तले ‘मुन्ना भाई एमबीबीएस’ जस्तौ क्यौं क्लासिक फिल्मका साथ दर्शकमाथ आफ्नो खास स्थान बनाएका छन् । हालै स्वास्थ्यमा देखिएको समस्याका कारण केही समय आरामपछि केजीएफ–२ को तयारी शुरु गरेका छन् । 

‘सञ्जयले हालै काम शुरु गरिसकेका छन् । उनले भुजुका लागि पनि आफ्ना सुटिङ पूरा गरिसकेका छन् । अहिले केजीएफ–२ को सुटिङ हैदरावादमा गरिएका छन्,’ सञ्जयनिकट स्रोतले भन्यो । 

फिल्मको क्लाइम्याक्सका लागि एक कोइला खानीमा धेरै एक्सन सिन राखिएको छ । फिल्म निर्माताले सञ्जयको स्वास्थ्य अवस्थामा आएको सुधारलाई मध्यनजर गर्दै स्टन्टम्यानद्वारा एक्सन सिनका लागि अनुरोध गरे । तर, उनले मानेनन् । सबै एक्सन सीक्वेन्स आफै गरेका छन् । 

उनले पछिल्लो फिल्ममा पनि यस्तै गरेका थिए । अहिले उनको स्वास्थ्यमा निकै सुधार आएको छ । 

केजीएफ–२ का अन्तिम सेड्युलमा जो क्लाइम्याक्स सीक्वेन्स छ, त्यसको सुटिङ यही महिनाको अन्तिममा पूरा गरिने भएको छ । अहिले सञ्जय दैनिक सुटिङमा व्यस्त छन् । मुस्किल भएको खण्डमा केही समय आराम गर्दै सुटिङ गर्दै गरेका छन् । 

केजीएफ–२ मा सञ्जय दत्तको साथ चर्चित अभिनेता यशले अहिले स्क्रीन स्पेश साझा गरिरहेका छन् । दुवै सुपरस्टारर यो फिल्म बहुप्रतिक्षीत हो । 

salt training

कमेन्ट गर्नुहोस्