०४ असार २०८३, बिहीबार

अन्तरजातीय विवाह गरेको भन्दै आफ्नै दाईले गरे बहिनीको हत्या

मंसिर २७, २०७७
अन्तरजातीय विवाह गरेको भन्दै आफ्नै दाईले गरे बहिनीको हत्या

जातीय भेदभावविरुद्ध कानुन बने पनि अहिलेसम्म अन्तरजातीय विवाहलाई सबैले स्वीकार गर्नसक्ने अवस्था छैन ।

अन्तरजातीय विवाह गरेको भन्दै एक दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । हत्या मात्रै होइन, शवसमेत लुकाएका छन् । 

यो घटना भारतको हो । विवाहपछि घर भित्र्याउने भन्दै बोलाएर हत्या गरेको बुझिएको छ । उत्तर प्रदेशको मैनपुरी जिल्लामा यो घटना बुधबार भएको हो । 

मैनपुरीकी एक युवतीले आफूभन्दा कथित तल्लो जातका युवकसँग प्रेम विवाह गरेकी थिइन् ।

प्रेम विवाहपछि चिडिएका उनका दाईले माइतीमा भित्र्याउने भन्दै बोलाएका थिए । त्यसपछि आधा बाटैबाट घर नलिएर उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

उनले यो हत्यामा आफ्ना अन्य भाइहरूको पनि सहयोग लिएका थिए । हत्यापछि शव नै गायब गरेको भन्ने युवतीका पतिको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । 

अहिले प्रहरीले मैनपुरी पुगेर स्थानीय प्रहरीको समन्वयमा शवको खोजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्