
चमेरा स्तनधारी प्राणी हो । चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो । तर, चमेरा रुख, डाली वा गुफामा उल्टो झण्डिएका हुन्छन् आँखिर किन ? अन्य पन्छीझै किन सिधा बस्दैनन् ?
चमेरा अन्य पन्छीझैँ जमीनमा उड्न सक्दैनन् । बरु चमेरा उल्टो हुँदा सजिलैसँगै उडन सक्छन् । किनकी चमेराको पखेँटा त्यतिधेरे फटफटाउँदैन, जति उड्नका लागि आवश्यक पर्छ ।
योबाहेक चमेराका पछाडिका खुट्टा साना र अविकसित पनि हुन्छन्, जसकारण दोडेर कति समात्न सक्दैन ।
त्यही भएर चमेरा उल्टा झण्डिने मात्र होइन त्यसरी नै सुत्छ। तपाईँको मनमा पश्न होला त्यसो भए सुतेको बेला रुखबाट किन खस्दैन ?
बीबीसीका अनुसार चमेराका खुट्टाका नशा सोही अनुसार व्यवस्थित हुन्छ। चमेराको वजन पञ्जाको मजबूतीले समात्न मद्दत मिल्छ ।
चमेरा रातमा पनि उडन सक्छ । विश्वमा चमेराका १ हजार बढी प्रजाति छन् । वैज्ञानिकहरुका अनुसार चमेरा आजभन्दा करीब १० करोड वर्ष अघिदेखि पृथ्वीमा छन् ।