काँग्रेस उपसभापति विमलेन्द्र निधिले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेको भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताएका छन् । उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको समेत बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्न लागेको विश्वकै अग्लो त्रिशुलको शिलान्याश कार्यक्रममा निधिले यस्तो बताएका हुन् ।
स्थानीय त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ ।