भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानुन किसानको हितमा भएको दावी गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवद्ध रहेको बताउँदै नयाँ कानुन यसका लागि सहायक हुने बताए ।
प्रधानमन्त्री मोदीको यो भनाई भारतीय किसान संगठनहरूले सरकारले जारी गरेको कानुन किसानविरोधी भएको भन्दै राजधानी दिल्लीलाई देशका अन्य राज्यका प्रमुख शहरलाई जोड्ने राजमार्गमा प्रदर्शन गरी यातायात सेवालाई अवरूद्ध गरिरहेका समय आएको हो ।