१० असार २०८३, बुधबार

कालिज मार्न गएका युवकको रुखबाट लडेर मृत्यु

मंसिर २८, २०७७
कालिज मार्न गएका युवकको रुखबाट लडेर मृत्यु

दैलेखमा कालिज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ । 

महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा शनिबार कालिज मार्ने क्रममा रुखबाट लडेर उनी घाइते भएका थिए । 

घाइते बुढालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा आइतबार बिहान २ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्