१० असार २०८३, बुधबार

टाइगरलाई प्रशंसकबाट बिहेको प्रस्ताव, उनले के उत्तर दिए ?

मंसिर २८, २०७७
टाइगरलाई प्रशंसकबाट बिहेको प्रस्ताव, उनले के उत्तर दिए ?

बलिउड अभिनेता टागर श्राफको करिअर निकै तिव्र गतिमा उकालो लागिरहेको छ । उनी आफ्नो मिल्ममा धमाकेदार एक्सन गर्नेका रुपमा चिनिन्छिन् ।

टाइगर काममा व्यस्त हुनुका साथै सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छन् । इन्स्टाग्रामका माध्यमबाट आफ्नो करोडौं प्रशंसकसँग जोडिएका हुन्छन् । 

हालै उनले इन्टाग्राममा उनले आफ्ना प्रशंसकलाई प्रश्न सोध्ने मौका दिएका छन् । जसको जवाफ पनि सामाजिक सञ्जालमै दिने गरेका छन् ।  

प्रश्नोत्तरका क्रममा टाइगरकी एक प्रशंसकले उनलाई युकेबाट म्यासेज गरिन् । यी प्रशंसकले उनलाई प्रश्न सोध्नुको साटो बिहेका लागि प्रस्ताव गरिन् । 

इन्टाग्रामद्वारा गरिएको ‘आस्क मी एनिथिङ’ सेसनमा उनकी प्रशंसकले लेखेकी छन्, ‘युके आउनुहोस् र मसँग बिहे गर्नुहास् ।’

यो प्रश्नको जवाफमा टाइगरले भनेका छन्, ‘सायद केही वर्षपछि, जब म तपाइँको साथमा हुनेछु । त्यसबेलासम्म धेरै कमाउन र सिक्नु छ मलाई ।’

खबर अनुसार टाइगर श्राफ पछिल्लो केही समयदेखि बलिउड अभिनेता दिशा पाटनीको साथ सम्बन्धमा रहेका छन् ।

दुवै कैयौंपटक फरक फरक क्षेत्रमा एकैसाथ देखिँदै आएका छन् । कैयौं फिल्ममा त दुवैले एकैसाथ काम पनि गरिसकेका छन् ।

यस्तै सेसनका क्रममा एक प्रशंसकले टाइगरसँग अल्लू अर्जुनका बारेमा पनि केही बताउन सोधेका थिए ।

अल्लूबारे टाइगरले भने, ‘अल्लू अर्जुन टलिउडमा मलाई सबैभन्दा म पर्ने स्टार हुन् । सायद म उनीजस्तै मूभ गर्न सक्थेँ ।’  


 

salt training

कमेन्ट गर्नुहोस्