१५ असार २०८३, सोमबार

प्रतिपक्षी दलको नेता उपस्थित नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

मंसिर २८, २०७७
प्रतिपक्षी दलको नेता उपस्थित नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतवार बिहानका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

रिक्त संवैधानिक निकायमा पदपूर्तिका लागि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहानका लागि परिषद्को बैठक बोलाएका थिए । 

प्रमुख प्रतिपक्षी दलको नेता परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ । सरकारविरुद्ध भोलि सोमवार कांग्रेसले देशव्यापी प्रदर्शन गर्दैछ ।

सरकार विरुद्धको प्रदर्शनको अघिल्लो दिन परिषद् बैठकमा सहभागी हुँदा गलत सन्देश जाने भन्दै देउवा आइतवारको बैठकमा उपस्थित नभएको कांग्रेस स्रोतले बतायो । 

परिषद् बैठक बोलाउने विषयलाई लिएर ओली र देउवाबीच ३ दिनअघि छलफल भएको थियो । कांग्रेसले संवैधानिक निकायमा सम्मानजनक हैसियत माग गर्दै विगतमा पनि परिषद् बैठकमा उपस्थिति जनाएको थिएन । 

परिषद् बैठकका लागि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायत परिषद्का सदस्यहरू बालुवाटार पुगेका थिए । दलहरूबीच सहमति जुटन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लगायत विभिन्न संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । 

अर्को बैठकको टुंगो नलागेको स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्