०६ असार २०८३, शनिबार

चीनमा एक परिवारले चिहानबाट झिकेर बेच्यो छोरीको लाश !

मंसिर १७, २०७७
चीनमा एक परिवारले चिहानबाट झिकेर बेच्यो छोरीको लाश !

चीनको खबे प्रान्तमा एक परिवारले १२ वर्षअघि मृत्यु भएकी एक छोरीको लाश चिहान खनेर झिकी बेचेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 
 

काङ त्सुइत्सुइ नामक ती महिलालाई मरिसकेका एक पुरुषसँग ‘विवाह’ गराएको बताइएको छ । 
 

यिन हुन अर्थात् प्रेत विवाहको परम्परा चीनमा हजारौं वर्षदेखि मनाउँदै आइएको छ । विवाह नगरी मरेका युवक र युवतीहरूलाई मरेपछि एक्लै बस्न नपरोस् र भविष्यका पुस्तालाई सौभाग्य प्राप्त होस् भनी लाशको विवाह गराउने गरिएको छ । 

मरेकी महिलाको शव निकालेर मरेका पुरुषसँग प्रेत विवाह गरिने गरेको छ । 

यसले मृतकलाई मरणोत्तर जीवनमा शान्ति दिने र खराब आत्मालाई हटाउने विश्वास गरिन्छ ।

मरेकी महिला काङले पति ली झोङसँग झगडा परेपछि आत्महत्या गरेकी थिइन् । 

ली र उनको परिवारले काङको अन्तिम संस्कारका लागि एक लाख युआन खर्च गरेका थिए । उनलाई सुनको गहना लगाएर चिहानमा गाडिएको थियो । 

गत नोभेम्बर १४ मा काङको चिहान हेर्न जाँदा उनीहरू चिहानमा परिवर्तन गरिएको र गाडधन चोरिएको पाए । 

उनीहरूले तत्कालै स्थानीय प्रहरीलाई खबर गरे । काङको माइतीपक्षले छोरीको चिहान खोतलेर शव निकालेको प्रहरीले पत्ता लगायो । 

उनीहरूले काङको शरीरलाई ८० हजार युआन लिएर अर्को परिवारलाई बेचेका रहेछन् । उक्त परिवारका अविवाहित छोरा कार दुर्घटनामा मरेका थिए । 

दुई परिवारले दुवै मृत शरीरलाई नोभेम्बर २३ मा गाडेर समारोह पूरा गरेका थिए ।

घटनामा अनुसन्धान गर्न लीले अनुरोध गरेको भए पनि अधिकारीहरूले अस्वीकार गरेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्