२४ जेठ २०८३, आइतबार

‘भूतजस्ती देखिने’ इरानी महिलालाई १० वर्षको जेल सजाय !

मंसिर १७, २०७७
‘भूतजस्ती देखिने’ इरानी महिलालाई १० वर्षको जेल सजाय !

इरानमा ‘भूतजस्ती देखिने’ एक युवतीलाई एक दशकका लागि कारावास सजाय दिइएको उनका वकिलले बताएकी छन् । 

हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी सहर तबर नामक ती इन्स्टाग्राम स्टारलाई सामाजिक सञ्जालमा गरेको हर्कतका लागि कारावास सजाय दिइएको हो । 

तबरको वास्तविक नाम फातेमा खिशवन्द हो । उनले आफ्नो भयानक अनुहार इन्स्टाग्राममा राख्न थालेपछि प्रख्याति कमाएकी थिइन् । 
 

इन्सटाग्राममा उनका चार लाख ८६ हजार फलोअर छन् । 

उनलाई सन् २०१९ को अक्टोबर ५ मा अन्य तीनजना महिलासँगै पक्राउ गरिएको थियो । सार्वजनिक भ्रष्टीकरणलाई प्रवर्द्धन गरेको भन्दै उनलाई दश वर्षको कारावास सजाय दिइएको बताइएको छ । 

उनकी वकिल अलिनेजादले हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई तबरको रिहाइका लागि पहल गर्न अपील गरेकी छन् । 
 

तबरविरुद्ध धर्मनिन्दा, हिंसा प्रवर्द्धन, गलत तरिकाले कमाइ गरेको र युवाहरूलाई भ्रष्टीकरणका लागि उक्साएको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्