२१ जेठ २०८३, बिहीबार

जाडोमा तिल खानुका यस्ता छन् फाइदा

माघ १९, २०७७
जाडोमा तिल खानुका यस्ता छन् फाइदा

जाडोमा तिल खाँदा स्वास्थ्यलाई अनेकौं फाइदा हुन्छन् । तिलमा भएको पोली स्याचुरेटेड फ्याट्टी एसिड, ओमेगा–६ फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस जस्ता तत्त्वले शरीरलाई निकै फाइदा गर्छ । 

तिलमा हुने मोनोस्याचुरेटेड फ्याट्टी एसिडले शरीरमा कोलेस्ट्रोल स्तर कम गर्छ । मुटुरोग ठीक पार्न पनि यो लाभदायक छ । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ । 

तिलमा भएको क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमले मुटुका मांपपेशीहरूलाई काम गर्न सहायता गर्छन् । 

जाडोमा तिल खाँदा हाडको समस्या हुँदैन । दिनको एक चम्चा खायो भने दाँत बलियो हुन्छ । यसमा फाइबर र एन्टीअक्सिडेन्टको स्तर उच्च हुनाले खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ । 

तिलमा भएको एन्टीअक्सिडेन्टले क्यान्सर कोशिका बढ्नबाट रोक्छ । 

तिलमा पाइने लिपोफोलिक एन्टीअक्सिडेन्टले दिमागलाई बूढो हुन दिँदैन । दिनदिनै ति वा तिलबाट बनेका कुरा खानुभयो भने बुढ्यौली लाग्दा पनि दिमाग तन्दुरुस्त रहन्छ । 

तिलको तेलले छालालाई आवश्यक पोषण दिन्छ र आर्द्रता कायम राख्न मद्दत गर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्