२५ जेठ २०८३, सोमबार

अध्यादेशबारे मन्त्रीहरू बेखबर, मन्त्रिपरिषद बैठकमा भएन कुनै चर्चा

मंसिर ३०, २०७७
अध्यादेशबारे मन्त्रीहरू बेखबर, मन्त्रिपरिषद बैठकमा भएन कुनै चर्चा
फाइल फोटो

मंगलवार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरूलाई अध्यादेशका बारेमा कुनै पनि सूचना ओलीले नदिएको भन्दै मन्त्रीहरू असन्तुष्ट बनेका छन् ।

बैठकमा नियमित एजेण्डा भन्दै केही सरुवा बढुवामा मात्र छलफल भएको एक मन्त्रीले लोकान्तरलाई बताए ।

'अध्यादेशका बारेमा बैठकमा कुनै चर्चा भएन,' ती मन्त्रीले भने, 'हामीले एकैचोटी राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएको सूचना पायौं । प्रधानमन्त्रीले हामीलाई गुमराहमा राख्नुभयो ।'

सामान्यतयाः अध्यादेश लगायतका कुनै विषय सिफारिस गर्नुपर्दा पहिला मन्त्रिपरिषद बैठकमा छलफल हुने गर्छ । कानूनमन्त्रीले ल्याएको प्रस्ताव मन्त्रिपरिषदले पास गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्ने प्रचलन संसदीय व्यवस्थामा अभ्यास गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्