१० असार २०८३, बुधबार

चितवन कारागारमा क्षयरोग संक्रमित कैदीको मृत्यु

पुस १, २०७७
चितवन कारागारमा क्षयरोग संक्रमित कैदीको मृत्यु
प्रतिकात्मक तस्वीर

कारागार कार्यालय चितवनमा रहेका १ कैदीको क्षयरोगका कारण मृत्यु भएको छ ।

बुभवार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका–२१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको संक्रमण पुष्टि भएका उनको  भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

लागूऔषध मुद्दामा विक्रम संवत् २०७६ साउन १८ गते २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि चितवन पठाइएको थियो ।

शुरूमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार बिहान ८ः४७ बजे मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्