
कारागार कार्यालय चितवनमा रहेका १ कैदीको क्षयरोगका कारण मृत्यु भएको छ ।
बुभवार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका–२१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको संक्रमण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
लागूऔषध मुद्दामा विक्रम संवत् २०७६ साउन १८ गते २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि चितवन पठाइएको थियो ।
शुरूमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार बिहान ८ः४७ बजे मृत्यु भएको हो ।