२३ असार २०८३, मंगलबार

कोसँग बिहे गर्दैछिन् त एकता कपुर ?

कोसँग बिहे गर्दैछिन् त एकता कपुर ?

बलिउडमा बिहे नभएका हिट अभिनेत्री धेरै छन्, त्यसमा पर्छिन् सर्वाधिक सुन्दर अभिनेत्री एकता कपुर । 

हालै एकताले आफ्नो सामाजिक सञ्जालमा एउटा विशेष तस्वीर सार्वजनिक गरेकी छिन् । 

एकताले निकै नजिकको साथीसँग रमाइलो मुडमा रमाएको तस्विर सार्वजनिक गरेकी हुन् ।

यो तस्विर सार्वजनिक भएसँगै ४५ वर्षकी एकता छिट्टै बिहे बन्धनमा बाँधिन लागेको शंका पैदा भएको छ । 

एकताले यो तस्विर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘र हामी यहाँ छौं, तपाईहरुलाई छिट्टै बताउनेछौँ ।’

यो पोस्ट सार्वजनिक भएसँगै एकतालाई बधाई दिने क्रम सुरु भएको छ । 

एकताले छिट्टै के सार्वजनिक गर्दैछिन् ? त्यो पछि थाहा होला ।

तर, उनको पोस्टमा आएका प्रतिक्रिया र भारतीय मिडियामा आएका समाचारलाई आधार मान्ने हो भने उनी छिट्टै बिहे बन्धनमा बाँधिने पक्का छ । 
 

salt training

कमेन्ट गर्नुहोस्