२९ जेठ २०८३, शुक्रबार

गान्धारीको दृष्टि पर्दा कालो भएको थियो युधिष्ठिरको नङ, महाभारतको रोचक प्रसंग

पुस २, २०७७
गान्धारीको दृष्टि पर्दा कालो भएको थियो युधिष्ठिरको नङ, महाभारतको रोचक प्रसंग

 महाभारतको युद्ध समाप्त भएपछि पाण्डवहरू धृतराष्ट्र र गान्धारीलाई भेट्न गएका थिए । त्यतिखेर गान्धारी दुर्योधनलाई अन्यायपूर्वक मारिएकोमा पाण्डवहरूप्रति क्रुद्ध थिइन् । 

पाण्डवहरू डराउँदै डराउँदै गान्धारीकहाँ पुगे । गान्धारीले दुर्योधन वधको प्रसंग निकालेपछि भीमले भने, ‘मैले अधर्मका साथ दुर्योधनलाई नमारेको भए उसले मेरो हत्या गरिदिन्थ्यो । धर्मयुद्धमा दुर्योधनलाई जित्न सकिँदैनथियो ।’

अनि गान्धारीले युद्धभूमिमा दुःशासनको रगत किन पिउनु उचित थियो त भनी भीमलाई सोधिन् । भीमले उत्तर दिए, ‘दुःशासनको रगत मेरो दाँतबाट भित्र गएन । दुःशासनले द्युतक्रीडाको बेलामा द्रौपदीको कपाल समातेकाले मैले उसलाई मारेर रगत पिउने संकल्प लिएको थिएँ । प्रतिज्ञा पूरा नगरेको भए मैले क्षत्रीय धर्म पालना नगरेको ठहर्थ्यो ।

भीमपछि युधिष्ठिर गान्धारीसँग कुरा गर्न आए । गान्धारी एकदमै क्रोधित भएकाले उनले आफ्नो आँखाको पट्टी खोलेर युधिष्ठिरको गोडाको नङमा पार्दा नङ कालो भयो । त्यो देखेपछि अर्जुन श्रीकृष्णपछाडि लुके अनि नकुल र सहदेव पनि यताउता गए । 

केही समयपछि गान्धारीको क्रोध मत्थर भयो अनि पाण्डवहरूलाई उनले आशीर्वाद दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्