०२ असार २०८३, मंगलबार

नेपाल एयरलाइन्सले घटायो हुम्लादेखि नेपालञ्जसम्म भाडादर

पुस २, २०७७
नेपाल एयरलाइन्सले घटायो हुम्लादेखि नेपालञ्जसम्म भाडादर
प्रतिकात्मक तस्वीर

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । 

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३०० रुपैयाँ कायम गरेको छ । 

नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधवारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

नेपालगञ्जदेखि सिमकोटसम्म ७ हजार ९०० भाडादर रहेको उनले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको १ दिन सोमवार उडान भर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्