
कोरोना महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहीवारदेखि सञ्चालनमा आएका छन् ।
विराटनगर महानगरपालिकाले गत मंसिर २१ गते गरेको निर्णय अनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।
महानगरले संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधार अनुसार विद्याललय सञ्चालन गर्न ७ बुँदे विकल्प दिएको थियो ।
सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग–अलग समयमा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि शुरू गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र हप्तामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले जानकारी दिए ।
विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने छ । मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन् ।