११ असार २०८३, बिहीबार

उखु किसानको भुक्तानी ७ दिनभित्र गर्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयलाई निर्देशन

उखु किसानको भुक्तानी ७ दिनभित्र गर्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयलाई निर्देशन

संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उखु किसानले चिनी मिलबाट पाउनुपर्ने भुक्तानी ७ दिनभित्र गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बिहीवारको बैठकपछि निर्णय सुनाउँदै सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयले ७ दिनभित्र भुक्तानीको व्यवस्था मिलाएर अर्काे हप्ता समितिको बैठकमा प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन् ।

‘श्रम मन्त्रालयले श्रमिकका विषयमा स्थलगत अध्ययन गरी श्रमिकले पाउनुपर्ने सुविधा तलब पाए/पाएनन् छानबिन गरी, कारवाही गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्ने,’ निर्णय सुनाउँदै श्रीवास्तवले भने ।

उखु किसानले चिनी मिलबाट भुक्तानी नपाएपछि काठमाडौंको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गरिरहेका छन् । गत वर्ष भएको सहमति अनुसार पाउनुपर्ने भुक्तानी किसानले अझै पाएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्