१० असार २०८३, बुधबार

बुवा जेलमा, आमाले छोडिन्– चिसोमा कुकुर च्यापेर सडकमा सुत्न बाध्य बालक

मंसिर १७, २०७७
बुवा जेलमा, आमाले छोडिन्– चिसोमा कुकुर च्यापेर सडकमा सुत्न बाध्य बालक

भारतको मुजफ्फरनगरमा एक सानोे बालक फूटपाथमा कुकुर च्यापेर सुतेको कारुणिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

कठ्यांग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकुरसँग सुतेको देखिन्छ । 

अंकित नामक ती बालक ड्यानी नामक कुकुरको सहारामा बाँचिरहेका छन् । 

तस्वीर भाइरल भएपछि प्रहरी प्रशासनको मन पनि पग्लेको छ । जम्मा १० वर्षको यस बालकका पिता कारागारमा छन् र आमाले उसलाई छोडेर गएकी छन् । 

उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन । बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फूटपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकितको देखभाल गर्ने गरेको छ । 

प्रहरीले बालकलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ । 

बालकलाई अहिले एक विद्यालयमा भर्ना गरिएको छ । 

प्रहरीले बालककी आमालाई पनि खोजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्