११ असार २०८३, बिहीबार

विश्वकप जिताएका वाटमोर नेपाली क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त

विश्वकप जिताएका वाटमोर नेपाली क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त

श्रीलंकन मूलका अस्ट्रेलियन पूर्व क्रिकेटर देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले बिहीवार वाटमोरलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

पाकिस्तान, श्रीलंका, बंगलादेश तथा जिम्बावेजस्ता टेस्ट राष्ट्रहरूको प्रशिक्षण सम्हालिसकेका वाटमोरसँग प्रशिक्षणमा लामो अनुभव छ ।

आईपीएल टीम कोलकत्ता नाइटराइडर्सको समेत प्रशिक्षण सम्हालेका वाटमोर पछिल्लोपटक सिंगापुरको प्रशिक्षक थिए ।

करीब १० महिनाअघि उनी सिंगापुरको प्रशिक्षक नियुक्त भएका थिए ।

सबैभन्दा महत्त्वपूर्ण कुरा उनकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को विश्वकप जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्