१५ असार २०८३, सोमबार

एसियामा कोरोनाको खोप आउन कति समय लाग्ला ?

पुस २, २०७७
एसियामा कोरोनाको खोप आउन कति समय लाग्ला ?

डब्लुएचओले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो ।

ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो ।

त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।  

डब्लुएचओका क्षेत्रीय निर्देशक डा ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन् ।

उनले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए ।

स्वास्थ्यसम्वन्धी निकायहरुले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्