०७ असार २०८३, आइतबार

आजदेखि सवारीमा जोर बिजोर प्रणाली हट्यो

आजदेखि सवारीमा जोर बिजोर प्रणाली हट्यो

काठमाडौं उपत्यकामा चल्ने सवारीका लागि लागू गरिएको जोर बिजोर प्रणाली आजदेखि हटेको छ । यातायात व्यवसायीको दवावका कारण आजदेखि यो प्रणाली हटाइएको हो । 

व्यवसायीको चौतर्फी दबावपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो । 

जोर बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

गाडी सञ्चालकहरूले सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ को पूर्ण पालना भए/नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्