चीनको जेड–८ हेलिकप्टरमा भारीभरकम सामानहरू बोक्ने गरिएको छ र यसले स्टन्ट देखाउला भनी कसैले पनि अपेक्षा गर्दैन ।
तर गाउँतिरको एक राजमार्गमा चिनियाँ जनमुक्ति सेनाको जेड–८ हेलिकप्टरले स्टन्ट देखाउँदा वाहनचालकहरू स्तब्ध भए ।
घटनाको भिडियोमा एक कार यात्रुले चांगे जेड–८ हेभी ट्रान्सपोर्ट हेलिकप्टर कारतिर आएको तर सुरक्षित दूरीमा माथि उडेको दृश्य खिचेको देखिन्छ ।
त्यसको केही समयपछि जेड–८ हेलिकप्टर पुनः दृश्यमा देखिन्छ ।
हेलिकप्टर चालकले त्यसलाई निकै तल ल्याएर लगभग सडकमा छुआउँछन् अनि ट्राफिककै गतिमा उडाउँछन् । कारभित्रका मानिस आत्तिएर चिच्याउँछन् ।
सेनाका पाइलटले यस्तो खतरनाक काम कुनै पनि योजना नबनाइकन कसरी गरे होलान् भन्ने कुरा स्पष्ट भएको छैन । यो प्रोमोसनका लागि गरिएको स्टन्ट हुन सक्ने बताइएको छ ।
超低空飛行中のPLA海軍陸戦隊のヘリ pic.twitter.com/9HtDgq0MUR
— OedoSoldier (@OedoSoldier) December 17, 2020
द वार जोन नामक वेबसाइटका अनुसार, हेलिकप्टरमा पहिचान खुल्ने कुनै चिह्न नदेखिएकाले यो चिनियाँ जनमुक्ति सेनाको नेभी मरिन कोर्प्सको नयाँ हेलिकप्टर भएको अनुमान गरिएको छ । आफूहरू अमेरिकाको मरिन
हेलिकप्टरका पाइलट जस्तै शूरो भएको देखाउने चिनियाँ मरिनहरूको इच्छाका कारण यस्तो हर्कत गरिएको हुनुपर्छ ।