
भारत देश यति ठूलो छ कि दैनिक कुनै न कुनै अचम्मित पार्ने खालका घटना भइरहन्छन् । जसले सबैको ध्यान एकातिर आकर्षण गर्दछ ।
हालै गुजरातमा पनि यस्तै घटना सार्वजनिक भएको छ । जहाँ यौन सम्बन्धका लागि अस्वीकार गरेपछि महिलाले आफ्नै पतिको हत्या गरेकी छन् ।
यद्यपि यो घटना भने २०१३ को । यो मामलामा अदालतले हालै महिलालाई हत्यामा दोषी भन्दै जन्मकैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
लामो समयपछि अदालतबाट फैसला भएपछि यो घटनाबारे अहिले जानकारी भएको हो । जरिवाना नदिए वापत उनलाई ६ महिना थप जेल मा बिताउनुपर्नेछ ।
प्रहरीका अनुसार गुजरातकी बिमला र उनका पति नरसिंह शानदारनगरमा २ नोभेम्बर २०१३ मा दिउँसो आफ्नो घरमा बसिरहेका थिए । महिलाविरुद्ध दर्ता गरिएको उजुरीमा यौन सम्बन्ध बनाउन इन्कार गरेपछि महिलाले पतिसँग झगडा गर्न लागेको दावी गरिएको छ ।
उनलाई आफ्ना पतिको इमान्दारितामाथि शंका पैदा भयो । आफूसँग यौन सम्बन्धका लागि अस्वीकार गरेपछि अन्यत्र सम्बन्ध रहेको आरोप लगाइन् । रिसको झोँकमा उनले एक फलामको छडी उठाइन र टाउकोमा हानिन् ।
टाउकोमा गम्भीर चोट लागेपछि नरसिंहको घटनास्थलमै मृत्यु भयो । हत्यापछि महिलाले आफ्नो घरमा ताला लगाइन् र प्रहरी चौकी गएर आफ्ना पतिको मृत्युबारे जानकारी दिइन् ।
उनी यस घटनामा आफैं उजुरी कर्ता बनिन् । जब प्रहरीले हत्याबारे जाँच गर्न थाल्यो तब उजुरी कर्ताले नै हत्या गरेको खुल्यो ।
त्यसपछि प्रहरीले आरोपी पत्नीलाई नियन्त्रणमा लियो । प्रहरीले केरकार गरेपछि उनले आफ्नो अपराध स्वीकारिन् । यो घटना लामो समयसम्म अदालतमा चल्यो । केही महिनाअघि अदालतले हत्या पुष्टि गर्दै जन्मकैदसहित २० हजार रुपैयाँ जरिवनाको फैसला गरेको हो ।