१७ असार २०८३, बुधबार

प्रेमिका खुशी पार्न सुन, एयर टिकट र होटल बुक, पैसा तिर्दा प्रहरीको फन्दामा

पुस १, २०७७
प्रेमिका खुशी पार्न सुन, एयर टिकट र होटल बुक, पैसा तिर्दा प्रहरीको फन्दामा

कोरोनाको प्रभाव सबैतिर परेको छ । अझ त काम गरी खाने वर्गलाई त ठूलै समस्या परेको छ । ठूलो परिमाणमा उद्योग धन्धा पनि पनि बन्द भएका छन् ।

यसैकारण धेरैले आफ्नो जागिर गुमाएर बेरोजगार बन्नुपरेको छ । यस्तैमा मुम्बईमा एक युवकले आफ्नी प्रेमिकालाई खुसी दिलाउन अपराधिक बाटो अपनाएका छन् ।

जो बलिउड फिल्ममा लेखकका रुपमा काम पनि गर्थे । तर, आफूसँग रकम नभएका बेला प्रेमिकाको इच्छा पूरा गर्न अपराधि बाटो अपनाउन बाध्य भएका छन् । 

उनको यस्तो कामले उनी आफैंलाई प्रहरीको फन्दामा पारेको छ । २९ वर्षीय पिताम्बर शाहुले ओशिवराको आदर्श नगरबाट गिरफ्तार गरिएको छ । तर, पक्राउ पर्नुको कारण सुतेर तपाई अचम्ममा पर्नुहुनेछ ।

कोरोनाकालमा भएको लकडाउनले उनलाई बेरोजगार बनायो । यसका बावजुत उनले आफ्नी प्रेमिकालाई खुशी राख्न एक भ्रमणको प्लान बनाए । र हवाई जहाजबाट जयपुर जानका लागि ३ टिकट बुक गरे ।

यात्रालाई यादगार बनाउनका लागि उनले एक पाँचतारे होटलमा कोठा बुक पनि गरे । यतिमात्र होइन आफ्नी प्रेमिकालाई खुशी पार्न दुई सुनको औंठी पनि खरिद गरे ।

तर, यी सबैका लागि उनले जसरी रकम भुक्तान गरे, त्यही कारण उनी प्रहरी हिरासतमा पुगे । मुम्बई प्रहरीका प्रवक्ता एस चैतन्यका अनुसार जब आरोपी शाहुले ट्राभल्स कम्पनीमार्फत आफ्नो यात्राका लागि टिकट बुक गरे ।

उनले अनलाइन एनइएफर्टीका माध्यमबाट आफ्नो खाताबाट पेमेन्ट गर्न कम्पनीको बैंक खाता नम्बर मागे । केही मिनेटमा कोटक बैंकको एक म्यासेज कम्पनीका मालिकको मोबाइलमा नम्बरमा आयो । पैसा क्रेडिट देखाएको थियो । यो म्यासेज आरोपी शाहुले ब्लग म्यासेज सुविधाको उपायेग गर्दै पठाएका थिए । 

यसअघि ट्राभल कम्पनीका मालिकलाई आफ्नो एकाउन्टमा २ हजार रुपैयाँ पठाए र भने, खाता नम्बर सही हो कि नाई भनेर चेक गर्नका लागि पठाएको बताए ।

यसकारण ट्राभल कम्पनीका मालिकलाई शंका पनि भएन । जब ट्राभल कम्पनीले आफ्नो खातामा बैंक ब्यालेन्स हेरे तबमात्र पत्ता लाग्यो खातामा कुनै पैसा आएको थिएन । 

यसकारण कम्पनीका मालिकलाई प्रहरीकहाँ उजुरी दर्ता गरे । यस विषयमा टुर एण्ड ट्राभल कम्पनीका मालिकले आरोपी शुभम पिताम्बर शाहुविरुद्ध ओशिवारा प्रहरी स्टेशनमा उजुरी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्