०६ साउन २०८३, बुधबार

सैफको ताण्डवको टिजर रिलिज, सलमानले यस वर्ष जन्मदिन नमनाउने

सैफको ताण्डवको टिजर रिलिज, सलमानले यस वर्ष जन्मदिन नमनाउने

बलिउड र टिभी दुनियाँमा बिहीबार निकै उतारचढाव रह्यो । बिहीबार सैफ अली खानाको नयाँ वेव सिरिजको टिजर रिलिज भयो भने, सलमान खानका प्रश‌ंसकका लागि उदासीको खबर आएको छ ।

साथै भिटी अभिनेत्री पूजा गौरले पनि आफ्नो ब्रेकअपको खुलासा गरिन् । बिहीबार मनोञ्जन क्षेत्रमा के के भएको थियो आउनुहोस् हेरौं । 

यो देशमा जो प्रधानमन्त्री छन् उनै राज हुन्

सैफ अली खान स्टारर सिरिज ताण्डवको टिजर रिलिज भएको छ । यो वेब सिरिज अमेजन प्राइममा स्ट्रीम हुनेछ । 

यस पोलिटिकल ड्रामालाई अली अब्बास जफरले क्रियट गरेका हुन् । हिमान्छु मेहरा र अली अब्बासले यसलाई प्रोड्युस गरेका हुन् । 

यो वेब सिरिज १५ जनवरीमा प्रिमियर हुनेछ । 

सलमान खान यस वर्ष जन्मदिन मनाउने छैनन् 

बलिउड सुपरस्टार सलमान खान २७ डिसेम्बरमा आफ्नो जन्मदिन बनाउने गर्दछन् । हरेक वर्ष बनाउँदै आएका उनको जस्तो स्टाइल छ, त्यसलाई देखेर उनको फार्महाउसमा शानदार पार्टीको व्यवस्था हुन्छ ।

तर, यसवर्ष उनी जन्मदिन नमनाउने भएका छन् । कैयौं वर्षपछि पहिलोपटक उनी यसवर्ष आफ्नो जन्मदिन नमनाउने भएका हुन् । उनी आफ्नो फार्महाउसमा पनि यस वर्ष कुनै प्रकारको व्यवस्था नगर्ने भएका छन् । 

कश्मिरमा हनिमुन मनाउँदै आदित्य 

गायक तथा होस्ट आदित्य नारायण विवाहपछि हनिमुन मनाउनका लागि कश्मिर पुगेका छन् पत्नी श्वेताका साथ उनी कश्मिरमा रमाइलो गर्दैछन् । 

शरीर कमाउने चिसोमा उनीहरु दुवै जनाले यस ट्रिपको लुप्त उठाइरहेका छन् । सामाजिक सञ्जालमा उनको हनिमुनको पहिलो तस्वीर सार्वजनिक भएको छ ।

आदित्यले इन्स्टाग्राममा श्वेता अग्रवालसँग एक सुन्दर तस्वीर शेयर गरेका छन् । 

राजसिंहसँग पूजा गौरको ब्रेकअप 

इन्टरनेट दुनियाँमा सम्बन्ध टुट्ने र जोडिने शिलशिला सँधै जारी रहन्छ । कोही पनि कसैको नजिक आउँछन् त कोही एक झट्कामै छोड्दिन्छन् । 

अहिले टेलिभिजन अभिनेत्री पूजा गौरले आफ्नो ब्वाइफ्रेन्ड राजसिंह अरोडासँग ब्रेकअप गरेकी छन् । 

पूजाले आफैं बिहीबार एक पोष्ट गर्दै बताएकी हुन् । उनको यो निर्णयले कोही धेरै हैरान भने भएका छैनन् ।

किनकी पछिल्लो एक वर्षदेखि उनीहरुको ब्रेकअपबारे कुरा चल्दै आएको थियो । 

कमेन्ट गर्नुहोस्