नियमितिरूपमा जाँच गरी स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को शुरुदेखि नै गाउँँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८०० मा रु पाँच हजार थप गरेर सो रकम दिने गरेको हो ।
सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ ।
हालसम्ममा १०० जनालाई वितरण गरेको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।
सुरक्षितरूपमा बच्चा जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ ।