२९ जेठ २०८३, शुक्रबार

गाउँपालिकाले मृतकको घरमा पुर्‍याइदिन्छ किरिया खर्च

गाउँपालिकाले मृतकको घरमा पुर्‍याइदिन्छ किरिया खर्च
सांकेतिक तस्वीर

दोलखाको मैलुङ गाउँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई  गाउँपालिकाले तत्काल पाँच हजार दिने गरेको छ । 

आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले वडा सचिवमार्फत रकम घरमै पुर्‍याइदिने गरेको हो ।

समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महशुस गर्दै गाउँपालिकाको छैठौँ गाउँसभा अधिवेशनबाट निर्णय गरी सो रकम दिँदै आएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । 

आव २०७७/७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि रु पाँच लाख र सुत्केरी पोषण खर्चका लागि रु पाँच लाख विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनमा रु पाँच/पाँच लाख थप गर्ने गाउँपालिकाले जनाएको छ । 

उक्त गाउँपालिकामा स्वास्थ्य संस्थाभित्र सुत्केरी हुनेहरूका लागि ८ हजार ८ सय उपलब्ध गराउने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्