०१ असार २०८३, सोमबार

सात कक्षामा पढ्ने किशोरीलाई भिडियो बनाएर पटकपटक बलात्कार

पुस ४, २०७७
सात कक्षामा पढ्ने किशोरीलाई भिडियो बनाएर पटकपटक बलात्कार

एक शिक्षकले सात कक्षामा अध्यनरत किशाेरीसँग भिडियाे बनाएर बलात्कार गरेकाे घटना बाहिरिएकाे छ । याे घटना भारतकाे राजस्थान बुँदी गाउँकाे हाे । 

राजस्थानको बुँदी गाउँमा एक शिक्षकले बलात्कार गरेर भिडियो बनाएको आरोप लागेको छ । पीडतले पटकपटक बलात्कार गरेर भिडियो बनाउँदै ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् । 

आफन्तले दबलाना प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन् । प्रहरीले छानबिन चलिरहेको र तत्काल आरोपीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ । 

७ कक्षामा पढ्ने किशोरी र तेस्रो कक्षाका विद्यार्थीलाई पढाउँदै आएको बताइएको छ । उनले किशोरीलाई धम्क्याएर बलात्कार गर्दै आएको आफन्तको आरोप छ । जसकारण किशोरीलाई शिक्षकसँग आउने जाने गर्नु बाध्यता थियो । 

चारपटक आरोपी शिक्षक धर्मराज मीणाले बलात्कार गरेको भिडियो बनाएको प्रहरीले बताएको छ । पीडितको बयानका आधारमा शिक्षकमाथि कारबाहीको प्रक्रिया प्रहरीले अघि बढाएको छ । स्कुल शिग्क्षाको यस्तो कुर्ततले पूरै शिक्षा विभागको बदनाम गरेको विभागले जनाएको छ । 

जाँच अधिकारी हिन्डोलीका धाना अधिकारी मुकेश मीणाले भने, ‘किशोरीका पिताले थानामा उजुरी दिएका छन् । जसमा उनले आरोपीले किशोरीलाई कहिले सिडी त कहिले किताबको बाहनामा स्कुलमा बोलाउने र बलात्कार गर्ने गरेका थिए ।’
शिक्षकले किशोरीलाई अन्य गाउँमा लगेर पनि बलात्कार गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । बलात्कारको भिडियो बनाएर हरेक पटक यौन सम्बन्धका लागि बाध्य पार्ने गरेको पाइएको छ । अहिले प्रहरीले आरोपी शिक्षकको खोजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्