
कोरोना भाइरसको लडाईमा सबैभन्दा ठूलो हतियारका रुपमा हामीले स्यानिटाइजर प्रयोग गर्दैै आका छौं । तर, के तपाईलाई थाहा छ, ज्यानलिने भाइरसको खतरा कम गर्ने स्यानिटाइजरको पनि साइड इफेक्ट हुनसक्छ ।
यसको निरन्तर प्रयोग हाम्रो छाला मात्रै होइन, कैयौं शारीरिक अंगका लागि पनि खतरनाक हुनसक्छ । यसकारण चिकित्सकले साबुन नभएका बेला मात्र स्यानिटाइजर प्रयोगको सल्लाह दिएका छन् ।
डर्माइटिस या एग्जेमा
साबुनले २० सेकेन्ड हात धुनाले तपाइ कोरोना भाइरसको संक्रमणबा बच्न सक्नुहुन्छ । इमरजेन्सीमा मात्रै अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्न सक्नुहुनेछ ।
निरन्तर यसको प्रयोगले डर्माइटिस या एक्जेमा अर्थात छालामा चिलाउने समस्या बढ्न सक्छ । डर्माइटिस या एग्जेमाका कारण छालामा रेडनेस, रुखोपन र फाट्ने समस्या बढ्छ ।

फर्टिलिटी
यूनिभर्सिटी अफ क्यालिफोर्नियाका चिकित्सक क्रिस नोरिसका अनुसार केही स्यानिटाइजर अल्कोहलयुक्त हुन्छन् । जसले एन्टीेसेप्टिकका रुपमा काम गर्दछन् ।
जबकि केही नन अल्कोहलिक स्यानिटाइजर पनि हुन्छन् । नन अल्कोहलिक स्यानिटाइजरमा ट्राइक्लोसन या ट्राइक्लोकार्बन जस्ता एन्टीबायोटिक कम्पाउन्डको प्रयोग हुन्छ ।
धेरै अध्ययनपछि प्ष्टि भएको छ कि ट्राइक्लोसनले फर्किलिटीमा निधै नकारात्मक असर पार्दछ ।

हाम्रोनमा नकारात्मक असर
नन अल्कोहलिक स्यानिटाइजरमा रहेको ट्राइक्लोसन हाम्रोनसँग जाृडिएका समस्याका लालगि जिम्मेदार बन्छ ।
शरीरमा हार्मोनको सन्तुलन बिग्रनुले कुनै पनि गम्भीर समस्या निम्त्याउन सक्छ ।

मेथानोलबाट नोक्सान
केही स्यानिटाइजरमा विषालु मेथानोल नामको विषालु केमिलक पनि पाइन्छ । जो अनिद्रा, वान्ता हुने, आँखाको ज्योति कमजोर बनाउन जस्ता कैयौं खतरनाक दुस्प्रभावका खतरा बढाउन सक्छ ।
यतिमात्र होइन, तपाईको तन्त्रिका तन्त्रलाई पनि निकै नोक्सान पुर्याउँछ । यसबाट ज्यान जाने खतरासमेत पैदा हुन्छ ।

इम्यून सिस्टम
ट्राइक्लोसन मानिसलाई बिरामीबाट बचाउने इम्यून स्टिमको फङसनका लागि राम्रो मानिँदैन । कमजोर इम्यून सिस्टमका कारण कुनै पनि रोगको चपेटामा आउने सम्भावना बढ्छ ।

शरीरको विकासमा बाधा
ह्याण्ड स्यानिटाइजरलाई धेरै बास्नादार बनाउनका लागि यसमा प्थालेट्स र प्याराबेन्स जस्ता विषालु रसायनको प्रयोग गरिन्छ ।
प्थालेट्स एन्डोक्रिन डिसरप्टर्स हुन्छ जो मानिसको विकास र रिप्राडोक्सन प्रक्रियालाई बाधित गर्दछ ।
जबकि प्याराबेन्स हाम्रो हाम्रोन, फर्टिलिटी र रिप्रोडक्टिभ विकासका लागि नोक्सानदायी हुन्छ ।

अल्कोहल पोइजनिङ
स्यानिटाइजरलाई बढी असरदार बनाउन यसमा अल्कोहलको मात्रा बढाइन्छ ।
तर, विश्वभरमा यस्ता कैयौं मामला सार्वजनिक भएका छन्, जहाँ स्यानिटाइजरका कारण टिनेजर्समा अल्काहल पोइजनिङ शिकार भएको पाइएको छ ।
अल्कोहल पोइजनिङ पछि उनीहरुलाई अस्पतालमै भर्ना गर्नुपरेको थियो ।

छालासँग सम्बन्धित समस्या
ह्याण्ड स्यानिटाइजर एक एन्टीसेप्टिक प्रोडक्ट हो । छालालाई किटाणुबाट बचाउनका लागि यसको प्रयोग गरिन्छ ।
एथिल या आइसोप्रोपिल अल्कोहलजस्ता तत्वको सहयोगले तयार पारिन्छ । सायद तपाईलाई थाहा नहुनसक्छ कि यसको निरन्तर प्रयोगले छालामा जलन हुने समसया बढ्छ ।
यदि तपाईको छाला निकै संवेदनशील छ भने यसलाई लिएर सतर्क हुन जरुरी छ ।
