३१ जेठ २०८३, आइतबार

बलात्कार अभियोगमा दुई जना भारतीय पक्राउ

बलात्कार अभियोगमा दुई जना भारतीय पक्राउ

बाँके प्रहरीले ४८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीयलाई पक्राउ गरेको छ । 

शुक्रबार बलात्कार अभियोगमा खजुरा गाउँपालिका–४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय रामप्रसाद मिश्र र रामनिवास प्रजापतिलाई पक्राउ गरिएको हो । 

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्