१२ साउन २०८३, मंगलबार

विवाह पञ्चमी सम्पन्न, धेरै जोडीले कसे लगनगाँठो

विवाह पञ्चमी सम्पन्न, धेरै जोडीले कसे लगनगाँठो
फाइल तस्बिर

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइएको छ ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष विभिन्न स्थानामा भएका विवाह पञ्चमी पर्वका कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको जनाइएको छ ।

आज विवाह गर्न साइत नचाहिने मान्यता रहेकाले धेरै जोडीले लगनगाँठो कसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्